३० कार्तिक २०८१, शुक्रबार
नेपाल विद्यार्थी संघले माउ पार्टी नेपाली कांग्रेसको पार्टी कार्यालय घेराउ गरेका छन् ।
बिहिबार कांग्रेसको केन्द्रीय कार्य समिति बैठक चलिरहेको समयमा पार्टी कार्यालय सानेपा पुगेर उनीहरुले घेराउ गरेका हुन् ।
११औं महाधिवेशनमा चयन भएको कार्यकालको म्याद सकिएको ६ महिना पुग्नै लाग्दा १२ औं महाधिवेशनको टुंगो नलागेपछि विरोध स्वरुप पार्टी कार्यालय घेराउ गर्नु परेको नेताहरुले बताएका छन् ।
त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पस, पशुपति क्याम्पस, शंकरदेव, वाल्मीकि, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पसलगायत उपत्यकका क्याम्पसहरुबाट मोटरसाइकल र्यालीसहित ठूलो संख्यामा उपस्थित विद्यार्थीले पार्टी कार्यालय घेराउ गरिरहेका छन् ।