३० कार्तिक २०८१, शुक्रबार
ने वि संधद्वारा सरकारले गरेको निर्णय प्रति असहमत जनाउदैं आज विहान त्रिचन्द्र बहुमुखी क्याम्पस अगाडि विशाल विरोध प्रदर्शन गरेका छन् ।
विरोध कार्यक्रममा ने.वि संधका महामन्त्री सरोज थापा, आनन्दराज त्रिपाठी, उपाध्यक्ष सन्जय यादव, सहमहामन्त्री प्रेमराज जेशी,चर्चित विधार्थी नेता दिपक भट्टराई, प्रचण्ड न्यापाने ( गुन्टु ) ऋषि केस जंग शाह, विष्णु पौडेल, सुवास अधिकारी लगाएतको उपस्थित रहेको थियो ।
विरोध कार्यक्रममा महामन्त्री थापाले वर्तमान अधिनायकवादी सरकारले संसद भित्र बहुमतको आडमा गरेको हर्कतको विरुद्घमा सशक्त आन्दोलन गर्ने उद्घोष गरे । त्यस्तै महामन्त्री त्रिपाठीले संसदबाट पास भएको चिकित्साशास्त्र र शिक्षा विधेकले कम्युनिष्ट सर्वसत्तावादी सोचको भएको ठहर गर्दै यसको विरुद्घमा आन्दोलनको आधी वेरि सिर्जना गर्ने उद्घोष गरेका छन् ।
यसैक्रममा आज विहान त्रिचन्द्र बहुमुखी क्याम्पस अगाडि ८ः३० देखि ९ः३० सम्म ने वि संधले विशाल विरोध प्रदर्शन गरेका थिए ।विरोधको क्रममा सडक ठप्प गरिएको थियो भने प्रहरीले शान्तीपुर्ण आन्दोलनलाई पनि हस्तक्षप गर्ने प्रयास भएको थियो । तर प्रदर्शनी प्रति व्यापक समर्थनका कारण प्रहरीले चर्को दमन भने गर्न नसकेको प्रदर्शनकारीले बताएका छन् ।