३० कार्तिक २०८१, शुक्रबार
सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।
मंगलबार सशस्त्र प्रहरी बलको १८ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निणर्य गरेको जानकारी दिएका हुन् ।
सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई सुरक्षाकर्मीलाई शहीद घोषणा गर्ने निर्णय गरेको बताउँदै प्रधानमन्त्रीले नेपाली सेनाका १ हजार १८, नेपाल प्रहरीका १ हजार ४ सय ४८, सशस्त्र प्रहरीका ३ सय १८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना गरी २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरिएको जानकारी दिए ।
देशका लागि कर्तव्यपालनका क्रममा ज्यान दिनेहरुप्रति असमान व्यवहार भएको गुनासो आएकोले त्यसको सम्बोधनका लागि सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।