३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिठी जुलुस निकाले छन् ।
मंगलबार दिउँसो नेविसंघले ओली सरकारले आफ्ना स्व. नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटन गर्न लागेको, डाक्टर केसीका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको, निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही नगरेको भन्दै सिठी जुलुस गरेको हो।
यसैबीच निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री कार्यालयको तीन नम्बर गेट अगाडि सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई नियन्त्रणमा दिइएको छ ।
प्रहरी नियन्त्रण्मा पर्नेहरुमा नेविसंघको नेताहरु सुशील भट्ट निरञ्जन थापा, किरण भट्टराई, सन्तोष गुरुङ, शौरभ घिमिरे, सुवोध ओलीलगायत रहेका छन्।
पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ ।