गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताल केन्द्र सरकारकै मातहतमा रहने

होमल्याण्ड खबर

२०७५ माघ १५ गते, मंगलवार १६:५७ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीद्वय स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहतमै रहने भएका छन् ।

नेपाली कांग्रेसले उक्त अस्पतालहरुलाई सरकारले अवमूल्यन गरेको भन्दै संसद् अवरुद्ध र विरोध जनाउँदै आएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले संघीय सरकार मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएका विभिन्न ११ अस्पतालमध्ये तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ बेडको छ भने गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको छ।