३० कार्तिक २०८१, शुक्रबार
आज देशभर सहिद दिवस मनाइएको छ । यसै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओली लैनचौरस्थित सहिद स्मृति पार्कमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
स्मृति पार्कमा उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले सहिद हुनुनपर्ने बताएका छन् ।
उनले प्रकृतिले धनी बनाएको नेपाललाई सहिदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देशलाई एकाताबद्ध गरेर लैजाने चरण आएको बताए ।
कार्यक्रमा बोल्दै उनले भने, ‘सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि संकल्प गरौं, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौं ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण दिने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुगेका थिए। उक्त कार्यक्रममा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।