१० मंसिर २०८१, सोमबार
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाईनलको दोस्रो लेगमा सेभियालाई ६–१ ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पराजित भएको थियो ।
दोस्रो लेगमा बार्सिलोनाका लागि फिलिपे कौटिन्होले २, कप्तान लियोनल मेस्सी, लुइस स्वारेज,सेर्गी रोबर्टो र इभान राकिटिकले एक एक गोल गरे । सेभियाका लागि गुइल्हेर्मे अरनाले एक गोल गरे ।
खेलको १३ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
३१ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । ५४ औं मिनटमा रोबर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० को बनाए । ६७ औं मिनेटमा सेभियाका गुइल्हेर्मेले गोल गर्दै खेल ४–१ को बनाए ।
यस्तै ८९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ६–१ को जित निकाल्यो ।