१० मंसिर २०८१, सोमबार
नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपालले १५४ रनको लक्ष्य पाएको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।
युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले । अनवरले ५९ रन जोडेर आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२ रन जोडे । मोहमद बोता १२ रनमा आउट हुँदा कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १/१ विकेट लिए ।