३० कार्तिक २०८१, शुक्रबार
लामो समयको प्रयासपछि बिभाजित दुई राप्रपा आज शुक्रबार एक हुने भएका छन् ।
पशुपति समशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)बीच आज एकता हुने भएको हो ।
पार्टी एकता घोषणा आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुनेछ ।
सामुहिक नेतृत्व प्रणालीबाट एकतापछिको पार्टी सञ्चालन गर्ने, निर्वाचन चिन्ह हलो राख्ने र दुई जना नै अध्यक्ष रहने गरी सहमति भएको बताइएको छ ।
उनीहरुले कमल थापा नेतृत्वको राप्रपासँग समेत एकता प्रयास जारी राख्ने बताएका छन् ।