१० मंसिर २०८१, सोमबार
यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो फिल्डिङ गर्ने भएको छ । यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्न लागेको हो ।
बिहीबार भएको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि नेपालले पहिले फिल्डिङ गरेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जोगाउन नेपाललाई आज जित्नै पर्ने दबाब छ ।
पहिलो खेलको टोलीमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले ललित नारायण राजवंशी र पवन सर्राफलाई टोलीमा समावेश गरेको छ ।
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी, अभिनाश बोहोरा