१० मंसिर २०८१, सोमबार
बिबिसी । गोन्जालो हिगुइन र इडेन हाजार्डको दुई–दुई गोलको मद्दतमा चेल्सीले इङलीस प्रिमियर लिग फुटबलमा हडल्सफिल्डविरुद्ध ५–० को सहज जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन गोन्जालो र इडेनसँगै डेभिड लुइजले गोल गरे । १६ औं मिनेटमा गोन्जालोको गोलबाट अग्रता लिएको चेल्सीले दोस्रो हाफमा ३ गोल थपेको थियो ।
कान्टेको पासमा पहिलो गोल गरेको हिगुइनले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए । त्यसअघि इडेन हाजार्डले पहिलो हाफको इन्जुरी समयमा टोलीको अग्रता दोब्बर बनाएका थिए । पेनाल्टी गोलमार्फत् अग्रता दोब्बर पारेका इडेनले ६६ औं मिनेटमा चेल्सीलाई ३–० अवस्थामा पुर्याए । लगत्तै ३ मिनेटपछि हिगुइनको गोलबाट अग्रता ४–० पुर्याएको चेल्सीका लागि ८६ औं मिनेटमा लुइजले पाँचौं गोल गरे । जितपछि चेल्सीले २५ खेलबाट ५० अंक जोडेको छ ।
१५ खेलमा जित, ५ मा बराबरी र ५ मा पराजित चेल्सी अंक तालिकाको चौथो स्थानमा छ । जुन तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीभन्दा ६ अंक कम तथा पाँचौं स्थानमा रहेको आर्सनल भन्दा ३ अंक बढी हो । पराजित हडल्सफिल्ड ११ अंकसहित रेलिगेसन जोनमा छ ।