१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा सत्तारुढ नेकपाले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।
आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले गरेको सार्वजनक अभिव्यक्ति दूर्भाग्य भएको निश्कर्ष निकालेको हो।
बैठकले नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति सार्वजनिक गर्न नहुने बताएको छ।