१० मंसिर २०८१, सोमबार
वर्षाका कारण अवरुद्ध भएको यूनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुन लागेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभलमा सवा २ बजे हुने भनिएको खेल वर्षाका कारण हुन सकेको थिएन । अहिले पानी रोकिएका कारण पिचको कभर हटाइएको छ र टसको तयारी भइरहेको छ । खेल १० देखिी१२ ओभरको हुने सम्भावना छ ।
तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।