१० मंसिर २०८१, सोमबार
एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति अल्भेसलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसंग अंक दूरी घटाएको छ ।
अल्भेसलाई पराजित गर्न करिम बेन्जेमा, भिनिसियस जुनियर र मारीयानोले गोल गरे । घरेलु मैदान सान्टीयागो बर्नाबेउमा ३० औं मिनेटमा रिगुलिनको पासमा बेन्जेमाको गोलमार्फत रियल मड्रिडले अग्रता लिएको थियो । दर्शक र मैदानको साथ पाएको रियलले खेल सकिन १० मिनेट बाँकी रहँदा दुइ गोल थपेको थियो ।
८० औं मिनेटमा भिनिसियस जुनियरले असेन्सीयोको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारेका थिए । इन्जुरी समय सकिन २ मिनेट बाँकी रहँदा मारियानाले गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित पारे । जितसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंकदुरी ८, दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग २ अंक घटाएको छ । पराजित अल्भेस ३२ अंकसहित ७ औं स्थानमा छ ।