१२ मंसिर २०८१, बुधबार
नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उधोगबाट उत्पादित ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उधोगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो ।
गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उधोगबाट उत्पादित १३५ वस्तु, २५ डण्डी उधोगबाट उत्पादित २५ वस्तु, २३ पिभीसी केवल उधोगबाट उत्पादित २३ वस्तु, १० एलपीजी उधोगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उधोगबाट उत्पादित १३ वस्तु र २९ एचटिपीइ पाइप उधोगबाट उत्पादित २९ वस्तु रहेका छन् ।
एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उधोगमा ६३ ओपीसी, १४ पीएससी र ५८ पीपीसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन शुरु गरेको छ । विभागले भारतमा उत्पादित नौ उधोगका १४ वस्तु र चीनमा उत्पादित एक उद्योगको एक वस्तुलाई एनएस चिह्न प्रदान गरेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दर्ता र गुणस्तर र्पुयाएर विभागमा निवेदन दिएका उधोगलाई उत्पादित वस्तुको गुणस्तर हेरेर एनएस चिह्न प्रदान गरिएको जानकारी दिए। “धेरै उधोगबाट उत्पादित वस्तुलाई एनएस चिह्न प्रदान गरे पनि कतिपय उधोगले नविकरण गरेका छैनन्”, उनले भने । विभागले चालु आर्थिक वर्षमा १६ उधोगबाट उत्पादित १९ वस्तुलाई एनएस चिह्न प्रदान गरेको छ ।