१ मंसिर २०८१, शनिबार
पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्राईले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था उपयुक्त हुने बताएका छन् ।
मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने बताएका हुन् ।
भट्टराईले पूँजीवाद र साम्यवाद दुबैको सिङ भाँचिएको भन्दै अब यी दुबै वादको पछि लागेर अघि बढ्न नसकिने धारणा राखे । ‘अब हामी न्यायपूर्ण समाज, आर्थिक समृद्धि र सँस्कारिक र वैज्ञानिक लोकतन्त्रको बाटोबाट अघि बढ्नुपर्छ । यसको सूत्र मसँग छ’ उनले भने ।
राज्यको सत्ता सञ्चालन बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेको भन्दै भट्टराईले यसबाट बाहिर निस्कन पुरानो संरचनालाई तोड्नुपर्ने बताए ।
नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको भन्दै उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्ट्रिकोण आवश्यक भएको दावी गरे ।
नयाँ शक्ति पार्टी नेपालका संयोजकसमेत रहेका डा. बाबुराम भट्टराई जनसंवाद अभियान अन्तरगत पुर्व पाँचथरको चिवा भञ्ज्याङदेखि मध्य पहाडी लोकमार्ग हुदै नवौं दिनका दिन मंगलबार रामेछाप आएका हुन् ।
एक महिने अभियानमा निस्किएका उनी बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।