१ मंसिर २०८१, शनिबार
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुर इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङले प्रहरीमाथि नै गोली चलाएपछि इन्काउन्टर गरिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा सांसद देवेन्द्रराज कँडेलले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले यस्तो भनेका हुन् ।
जवाफमा गृहमन्त्री थापाले भने, ‘जंगलमा इन्काउन्टर भएको थियो । कति दूरीमा गोली हानियो भन्ने जानकारी छैन । मारिएका दुईजनाले प्रहरीमाथि नै गोली चलाएकाले उनीहरु मारिएका हुन्।’
यहि प्रश्न नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले समेत गरेका थिए । उनको प्रश्नमा समेत गृहमन्त्रीले इन्काउन्टरको आदेश अपराधीले प्रहार गर्दा आत्मरक्षाका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने बताउँदै स्वतः हान्न सक्ने बताए ।
गत साउन २१ गते ११ वर्षीय बालक निशान खड्काको काठमाडौं काँडाघारीबाट अपहरणमा संलग्न दुईजनाले प्रहरीमाथि नै गोली चलाएपछि अपराध महाशाखाको टोलीले इन्काउन्टर गरेको थियो ।