१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ।
बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक शुरु भएको हो।
आजको बैठकमा पहिले महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल हुने जनाइएको छ । साथै आजको बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को बारेमा छलफल र निर्णय कार्यसूची रहेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
आजको बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि समय थप्ने भन्नेबारे निर्णय गरिने बताइएको छ । साथै बैठकले २१ गते देशभर गरिएको विरोध सभा र भातृ संगठनका कार्यक्रमहरुका बारेमा समेत छलफल गर्ने जनाइएको छ ।
नेविसंघमा वर्तमान कार्यसमितिले थपिएको पाँच महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि विद्यार्थीहरु आ–आफ्नो संगठन बनाएर कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन् ।