१० मंसिर २०८१, सोमबार
पाकिस्तानबिरुद्धको अन्तिम खेलमा २७ रनले पराजित भएपनि दक्षिण अफ्रिकाले तीन खेलको टी–ट्वान्टी सिरिज २–१ ले कब्जा गरेको छ । अन्तिम खेलमा एक सय ६९ रनको लक्ष्य पछाएको घरेलु टोली दक्षिण अफ्रिका निर्धारित ओभरमा ९ विकेटको गतिमा १ सय ४१ रनमा समेटिएपछि पाकिस्तान २७ रनले विजय भएको थियो । तर यसअघि नै दुई खेल जितेको अफ्रिका पराजित भएपनि सिरिज २–१ ले कब्जा गर्न सफल भयो ।
अन्तिम खेलमा पाकिस्तानको जितमा मोहमद रिजवानले सर्वाधिक २६ रन बनाउँदा आसिफ अलिले २५ रन बनाएका थिए । बाबर आजमले २३ तथा शादब खानले अविजित २२ रन बनाए । एरिक हेन्ड्रिक्सले ४ तथा क्रिस मोरिसले २ विकेट लिएका थिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ५५ रन बनाएपनि टोलीलाई जिताउन सकेन् । भान दीर डुसेनले ४१ रन बनाउँदा डेभिड मिल्लरले १३ रनको योगदान दिएका थिए । एजेन्सी ।