१० मंसिर २०८१, सोमबार
भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतसंग खेल्नेछ।
नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ ७ बजे शुरु हुनेछ।
पहिलो खेलमा म्यानमारसँग ३–० पराजित भएको नेपाल अब अघिल्लो चरण सम्म पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भएमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ।
प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको समान तीन/तीन अङ्क छ। नेपाल र इरानले भने अङक जोड्न सकेका छैनन्।