१० मंसिर २०८१, सोमबार
धनगढी प्रिमियर लिग अन्तर्गत काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।
फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
काठमाडौंका अंकित दबासले अविजित रहँदै ६५ रनको अर्धशतकीय इनिङस खेले । यस्तै योगेन्द्र सिंह कार्की २२ रनमा अविजित रहे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १४ रन, महेबुब आलमले १३ रन, अनिल कुमार साहले ६ रन, गौरव तमोरले १ रन र सोनु तामाङले एक रन बनाए ।
महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान एक एक विकेट लिए ।