मैत्रीपूर्ण भलिबलः आज नेपालले अफगानिस्तानसँग खेल्दै

होमल्याण्ड खबर

२०७६ श्रावण २९ गते, बुधबार १२:५० मा प्रकाशित

नेपाल र अफगानिस्तानबीचको पहिलो मैत्रीपूर्ण भलिबल प्रतियोगिता आज बुधबार हुँदैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाली समय अनुसार ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले अफगानिस्तानसँग बिहिबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।