१० मंसिर २०८१, सोमबार
फेडेरर प्रि–क्वार्टरफाइनलमा पराजित, जोकोभिक भने क्वार्टरफाइनलमा प्रवेश विश्व नम्बर तीन रोजर फेडेरर सिनसिनाटी मास्टर्स टेनिसको प्रि–क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
शुक्रबार बिहान भएको खेलमा रसियन २१ वर्षे युवा खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै २० पटकका ग्राण्डस्लाम च्याम्पियन फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
अब रुब्लेभले क्वाटरफाइनलमा डानिल मेडभेदेबसँग खेल्नेछन् ।
विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक भने क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
जोकोभिकले प्रि–क्वार्टरफाइनलमा स्पेनिक पाब्लो बुस्तालाई ६–३ र ६–४ को सेटमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।