अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेडबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ भाद्र १३ गते, शुक्रबार १२:५७ मा प्रकाशित

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।