नेकपा सचिवालय बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७६ भाद्र २५ गते, बुधबार ०९:०० मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बस्न लागेको हो ।

बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् ।

यसअघि गत भदौ ९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको थियो ।