लिभरपुलले चेल्सीलाई हरायो

होमल्याण्ड खबर

२०७६ आश्विन ६ गते, सोमबार १०:३५ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ ले हराएको हो ।

लिभरपुलका लागि अलेक्जेण्डर अर्नोल्ड र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । यस्तै चेल्सीका लागि एङ्गोलो कान्टेले एक गोल गरे ।

खेलको १४ औं मिनेटमा अर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा फिर्मिन्होले गोल गर्दैलिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए । त्यस्तै ७१ औं मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा यथावत छ । लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । चेल्सी ८ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।