बलात्कार गरेको आरोप लागेपछि राजिनामा दिन नेकपाको सुझाव

होमल्याण्ड खबर

२०७६ आश्विन १४ गते, मंगलवार ११:३० मा प्रकाशित

सभामुख कृष्णबहादुर महरा राजीनामा दिने भएका छन्। संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख महरा राजिनामा दिन लागेका हुन् ।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ।

घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ।