स्पेन युरो कपमा छनोट 

होमल्याण्ड खबर

२०७६ आश्विन २९ गते, बुधबार १२:५७ मा प्रकाशित

एजेन्सी । तीन पटकको च्याम्पियन स्पेन स्वीडेनसँगको बराबरी नतिजासँगै युरो कपमा छनोट भएको छ । समूह एफ अन्तर्गतको खेलमा स्वीडेनसँग १–१ को बराबरीमा रोकिए पनि स्पेन युरोकपमा छनोट भएको हो । स्वीडेनको मैदानमा सुरुआती अग्रता अन्तिम समयमा बराबरी पार्दै स्पेन छनोट भएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएपनि ५० औं मिनेटमा घरेलु टोली खेलमा अग्रता बनाएको थियो । स्वीडेनका मार्कुस बर्गले गोल गरेका थिए । तर खेलको इन्जुरी समयमा स्पेनका रोड्रिगोले गोल फर्काउँदै टोलीलाई हारबाट जोगाए ।

छनोट भएको स्पेनले ८ खेलबाट २० अंक जोडेको छ । स्वीडेनले ८ खेलबाट १५ अंक जोडेको छ । स्पेन यूरो क्वालिफायर हुने छैटौँ टिम हो । बेल्जियम, इटाली, रुस, पोल्यान्ड र युक्रेन पनि छनोट भइसकेका छन् ।