११ मंसिर २०८१, मंगलवार
स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले लगातार तेस्रो पटक गोल्डेन बुट जितेका छन् ।
युरोपको शीर्ष डिभिजनको लिगमा गत सिजन सर्वाधिक गोल गरेकाले मैसीले गोल्डेन बुट जितेका हुन् ।
पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि मेस्सीले अवार्ड जितेका हुन् ।
२०१८/१९ को सिजनमा ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् ।
उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । मेसीले यसअघि २०१७/१८ र २०१६/१७ मा पनि गोल्डेन बुट जितेका थिए । गत सिजन ३४ गोल गरेका उनले दुई वर्षअघि ३७ गोल गरेका थिए।
अर्जेन्टिनी सुपर स्टालले गोल्डेन बुट पहिलो पटक २००९/१० को सिजनमा ३४ गोल गरी जितेका थिए ।
त्यसपछि सन् २०११/१२ मा सर्वाधिक ५० गोल र २०१२/१३ मा ४६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।