११ मंसिर २०८१, मंगलवार
एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित निकालेको छ । बुधबार राति भएको खेलमा नौ खेलाडीमा सीमित रहेको जियोनालाई १० खेलाडीमा रहेको युभेन्ट्सलाई २–१ ले पराजित गरेको छ ।
युभेन्ट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन लेनार्डाे बोनुकी र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । यता जेनोआका लागि क्रिस्टियन कोउमेले एक गोेल गरे ।
खेलको ३६ औँ मिनेटमा बोनुक्कीले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि पाहुना टोलीका लागि क्रिस्टियनले गोल गर्दै खेल बारबरीमा ल्याए । पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलमा युभेन्ट्सले दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेलको ५१ औँ मिनेटमा फ्रान्सेसोले रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए । त्यसको छ मिनेटपछि फेडेरिको पनि रातो कार्ड खाँदै मैदान बाहिर गए । खेलको ८७ औँ मिनेटमा युभेन्ट्स पनि १० खेलाडीमा सीमित भयो ।
१० खेलाडीमा सीमित युभेन्टसलाई रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गर्दै २–१ गोलको जित दिलाए । यो जितसँगै युभेन्टस १० खेलबाट २६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हार पराजित जिनोआ १० खेलबाट ८ अंक जोडी तालिकाको १७ स्थानमा रहेको छ ।