११ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागीहरुलाई लक्षित गरी आज विशेष सम्बोधन गर्दैछन् ।
दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिनै लाग्दा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।
१५ मंसिरबाट काठमाडौं, पोखरा र जनकपुरमा १३ औं साग प्रतियोगिता हुँदैछ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि केही प्याकेज घोषणा गर्ने ठानिएको छ ।
बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमका खेलाडीहरुलाई पुरस्कार दिने तयारी पनि छ ।