२९ फाल्गुन २०८२, शुक्रबार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


मुख्यमन्त्री केसीले आजै अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनले शपथ ग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । जसमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री रहने छन् ।
लुम्बिनीमा कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।