३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि आज (बिहीबार) चितवन पुगेका छन् । भोलिदेखि सुरु हुने महाधिवेशनका लागि ओली आज साढे १ बजे भरतपुर विमानस्थलमा पुगेका हुन् । उनी ११ बजे नै भरतपुर पुग्ने कार्यक्रम रहे पनि केही ढिलामात्र पुगेका हुन् ।
आजै एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।


सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।
महाधिवेशनका लागि नेता–कार्यकर्ताहरू चितवन जानेक्रम सुरु भइसकेको छ ।