प्रधानमन्त्रीलाई भेटे एमाले महाधिवेशनका लागि आएका भाजपा नेताले

होमल्याण्ड खबर

२०७८ मंसिर १० गते, शुक्रबार ११:५१ मा प्रकाशित

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा.हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन। भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन जादैंछन।