३० फाल्गुन २०८२, शनिबार
सहमतिमा साझा उम्मेदवारबारे अझै टुंगो लगाउन नसकेको नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज साँझ ५ बजे बैठक बोलाएको छ । महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल बोलाइएको हो । शुक्रबार पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीहरूसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर निस्किएका हुन् ।
पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए । कांग्रेस संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिमा आकांक्षी छन् ।

