सभापतिका उम्मेदवार शेखर कोइरालाले गरे मतदान

होमल्याण्ड खबर

२०७८ मंसिर २७ गते, सोमबार १४:२३ मा प्रकाशित

नेपाली काँग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् ।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।