निधिलाई भेट्न निवासमै पुगे देउवा, दोस्रो चरणको निर्वाचनमा सहयोग गर्न प्रस्ताब

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार ११:४४ मा प्रकाशित

 प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवा मंगलबार विमलेन्द्र निधिलाई भेट्न उनको निवासमा पुगेका छन् । निधिलाई भेटेर देउवाले दोस्रो चरणको निर्वाचनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन् ।

देउवाले यसअघि सभापति पदकै रेसबाट बाहिरिएका अर्का नेता प्रकाशमान सिंहलाई पनि भेटेका थिए । प्रकाशनमान सिंहले देउवासँगकै भेटमा दोस्रो चरणको निर्वाचनमा आफू र आफ्नो टिमले देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।