अप्ठेरोमा चरित्र पहिचान हुन्छ : मीनेन्द्र रिजाल

होमल्याण्ड खबर

२०७८ मंसिर २९ गते, बुधबार १६:०५ मा प्रकाशित

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले अप्ठेरोमा चरित्र पहिचान हुने बताएका छन्। सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि सभापतिका प्रत्यायी डा शेखर कोइरालाले मतदाताहरूलाई धन्यवाद दिनका लागि आयोजना गरेको कार्य्रममा उनले यस्तो बताएका हुन्।

उनको भनाइ सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति लक्षित थियो। उनीहरु दुवै जनाले महाधिवेशनअघि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए तर पछि शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

‘अप्ठेरोमा चरित्र पहिचान हुन्छ। सुन र पित्तल छुट्टिएको छ,’ उनले भने, ‘निराशाको कुरा गर्ने बेला छैन। चुनाव जितौँ वा हारौँ कांग्रेस बनाउने कुरामा पछि हट्दैनौँ। मतदाताले कोइरालालाई बलियो जिम्मेवारी दिनुभएको छ।’