३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामामा बिहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ।
प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ६०० मतगणना गर्दा गगन थापाले ३८१ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले २३१ मत प्राप्त गरेका छन्।


त्यसैगरी डा. प्रकाशशरण महतले २०१, प्रदीप पौडेलले २०६ र डा. मिनेन्द्र रिजालले १०१ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा. राजराम कार्कीले १२ मत प्राप्त गरेका छन्।
यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।