रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा

होमल्याण्ड खबर

२०७८ पुष १ गते, बिहीबार १६:०१ मा प्रकाशित

रक्षामन्त्री मिनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहीबार रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। कांग्रेसको महामन्त्रीको मतगणना सकिए लगत्तै प्रधानमन्त्री देउवालाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएको उनले बताए। उनी ६ जना प्रतिस्पर्धीमा पाँचौं नम्बरमा थिए। महामन्त्रीमा रिजालले ८०९ मत पाएका छन्।