२ मंसिर २०८१, आईतवार
सदनको गतिरोध खुलाउनेलगायतको विषयमा सभामुख–प्रमुख सचेतक र सचेतकबीचको छलफल विनानिष्कर्ष भएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार आयोजना गरेको बैठकमा प्रतिपक्षी कांग्रेस र सत्तापक्षबीच कुरा मिल्न नसकेको हो ।
संसद् बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने अडान राख्दै सदन अवरुद्ध गर्दै आएको छ । यसैकारण शुक्रबारको बैठक पनि अवरुद्ध भयो ।
मंगलबारको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेश हुने तालिका छ । त्यसबेला सदनको अवरोध हटाउनेलगायतका विषयमा सभामुखले कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका हुन् ।
बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्याएको बताए ।