२ मंसिर २०८१, आईतवार
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र १६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्बाट पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६औँ योजना पारित गर्ने निर्णय गरेको बताइन् ।
त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको उनको भनाइ छ ।
‘सम्माननीय राष्ट्रपतिज्युद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ,ु उनले भनिन्, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६औँ योजना पनि पारित गर्ने निर्णय भयो ।’
सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।