२ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच सिंहदरबारस्थित भेटवार्ता जारी छ ।
ओली पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार गएका हुन् ।
उनीहरूबीच संसद्को गतिरोध अन्त्य, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाइरहेको तमाम विषयहरूमा छलफल भइरहेको छ ।