होमल्याण्ड खबर
२०८१ जेष्ठ ८ गते, मंगलवार १३:१८ मा प्रकाशित
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरुलेले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भन्दै नाराबाजी गरिरहेका हुन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव गर्ने कार्यसूची थियो ।