सांसद देवकोटालाई गण्डकी प्रदेशसभा बैठक प्रवेशमा रोक

होमल्याण्ड खबर

२०८१ असार १४ गते, बिहीबार १३:४८ मा प्रकाशित

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो ।

तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणीन्द्रको पद जोगिएको थियो । सर्वोच्चको आदेशपछि बिहीबार बस्ने प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणीन्द्रले मर्यादा पालकले रोक लगाएका हुन् ।

‘प्रदेशसभा प्रवेश गर्ने बेला मर्यादापालकले एकछिन भनेर रोक्नुभयो । मैले केही भन्ने कुरा पनि रहेन । अहिले बाहिर बसिराखेको छु,’ फणीन्द्रले भने ।

अहिले गण्डकी प्रदेशसभा बैठक चलिरहेको छ ।