९ मंसिर २०८१, आईतवार
कामना सेवा विकास बैंकले गाईघाट र राजविराज नगरपालिकामा शाखा विस्तार गरेको छ ।
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले हाल देशका विभिन्न भागहरुमा शाखा सहित ७७ वटा शाखा कार्यालयहरु तथा ३२ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।