प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल जारी

होमल्याण्ड खबर

२०७५ चैत्र २१ गते, बिहीबार ११:१० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ ।

बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका हुन् ।

छलफलमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा समेत छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।