१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ ।
बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका हुन् ।
छलफलमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा समेत छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।