१० मंसिर २०८१, सोमबार
एजेन्सी । इन्डियन
प्रिमिएर लिग (आईपीएल)
क्रिकेटको २२ औं
खेलमा आज किङ्स–११ पञ्जाब
र सनराइजर्स हैदराबादबीच
प्रतिस्पर्धा हुँदैछ । आईपीएलको
२२ औं खेल
भएपनि पञ्जाब र
हैदराबाद आफ्नो छैटौं खेलमा
प्रतिस्पर्धा गर्न लागेका
हुन् ।
खेल नेपाली समयअनुसार
बेलुका ८ः१५ बजे
पञ्जाबको घरेलु मैदानमा हुनेछ
। दुबै टोली
चौथो जितको खोजीमा
छन् । यसअघिका
पाँच खेलमध्ये ३
मा जित र
२ मा हार
ब्यहोरेको दुबै टोलीले
६ अंक जोडेका
छन् । हैदराबाद
समान अंक भएपनि
रनरेटका आधारमा तेस्रो स्थानमा
रहँदा पञ्जाब छैटौं
स्थानमा छ ।
८ अंकसहित कोलकत्ता
नाइट राइडर्स आईपीएलको
शिर्ष स्थानमा छ
। ५ खेलमध्ये
कोलकत्ताले १ खेलमा
मात्र पराजय भोगेको
छ । समान
खेलबाट ८ अंकसहित
चेन्नई सुपर किङ्स
दोस्रो स्थानमा छ ।