आईपीएलमा आज पञ्जाब र हैदराबादको खेल

होमल्याण्ड खबर

२०७५ चैत्र २५ गते, सोमबार १२:२३ मा प्रकाशित

एजेन्सी । इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको २२ औं खेलमा आज किङ्स–११ पञ्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको २२ औं खेल भएपनि पञ्जाब र हैदराबाद आफ्नो छैटौं खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 
खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे पञ्जाबको घरेलु मैदानमा हुनेछ । दुबै टोली चौथो जितको खोजीमा छन् । यसअघिका पाँच खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोरेको दुबै टोलीले ६ अंक जोडेका छन् । हैदराबाद समान अंक भएपनि रनरेटका आधारमा तेस्रो स्थानमा रहँदा पञ्जाब छैटौं स्थानमा छ । 
८ अंकसहित कोलकत्ता नाइट राइडर्स आईपीएलको शिर्ष स्थानमा छ । ५ खेलमध्ये कोलकत्ताले १ खेलमा मात्र पराजय भोगेको छ । समान खेलबाट ८ अंकसहित चेन्नई सुपर किङ्स दोस्रो स्थानमा छ ।